काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि कार्यालयमै भएको अभद्र व्यवहारविरुद्ध कर्मचारी संगठनहरुले भत्र्सना गरेका छन् ।
सचिवमाथि गत २८ माघमा दिउसो साँढे २ बजे भएको अभद्र व्यवहारको कर्मचारी संगठनहरुले संयुक्त रुपमा भत्र्सना गर्दै दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् । ।
एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला अध्यय सोम प्रसाद आचार्य,राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष चित्रकुमार सुवेदी र नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष शम्भु तमाङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दोषी उपर कडा भन्दा कडा कारवाहीको माग गरेका हुन् ।