काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डमा जेलमा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेले अवकाश पाएका छन्।
गृह सचिव हुँदा पाण्डे नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा पुर्पक्षका लागि थुनामा पुगेका छन्।
शिक्षा सेवाका सहसचिव पाण्डे कर्णाली प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदै गृह सचिव बन्न सफल भएका थिए। २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन्।