काठमाडौं । बिल पास गर्न नमानेको भन्दै कर्मचारीलाई कुटपिट गर्ने बन्दिपुर गाउँपालिका गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । गत माघमा सञ्चालन भएको वडास्तरीय भलिबल कार्यक्रमको कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएको विल स्वीकृत गर्न नसक्ने अडान लिए पछि कार्यकक्षमै वडा अध्यक्षले सचिवमाथि हातपात गरेका थिए ।
सो घटना पछि वडाध्यक्षविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुर, जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरीसमेत दिइएको थियो ।


