काठमाडौं । विशेष अदालतले २० हजार रुपैंया घुससहित जिल्ला अदालत कपिलवस्तुका स्रेस्तेदार सन्तोषकुमार मिश्रलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले २० हजार रुपैंया घुस सहित जिल्ला अदालत कपिलवस्तुका स्रेस्तेदार सन्तोषकुमार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत कपिलवस्तुकै कम्प्युटर अपरेटर विकास पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।
उनीहरुले लिएको २० हजार रुपैंया बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरुलाई १०र१० हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको हो ।
