काठमाडौं । सरकारले ७८ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । उनीहरुलाई गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो ।
सरकारले ४१ जना सहसचिवहरुको सरुवा तथा हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका ३७ लाई विभिन्न मन्त्रालय तथा निकायहरुमा पदस्थापन गरेको हो ।
जसमध्ये २८ जना प्रशासन सेवा समूहका,नेपाल इञ्जिनियरिङ सेवा समूहका ४,स्वास्थ्य सेवाका ३,शिक्षा सेवातर्फका शिक्षा सेवाका २ जना रहेका छन् ।