काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको । मन्त्रालयले विहीबार ५० उपसचिवको सरुवा गर्दा उनीहरुको परिवर्तन गरेको हो ।
सरुवाको सूची अनुसार, भुवनेश्वर लामिछाने चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । उनी मन्त्रालयमै कार्यरत थिए । यस्तै महेन्द्र विश्वकर्मालाई मध्यपुर ठिमी नगरपालिकामा ल्याइएको छ । उनी इलामको माई नगरपालिकामा थिए ।
यसैगरी रामप्रसाद आचार्यलाई दक्षिणकाली नगरपालिकामा खटाइएको छ । उनी पनौती नगरपालिकामा कार्यरत थिए । रामबहादुर केसी उदयपुरको बेलका नगरपालिका पुगेका छन् । केसी भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा थिए । यसैगरी बेलका नगरपालिकाबाट पुरुषोत्तम घिमिरेलाई गल्याङ नगरपालिकामा खटाइएको छ । दामोदर शर्मालाई गल्याङ नगरपालिकाबाट पनौतीमा सरुवा गरिएको छ । अम्मरराज जोशी पाटन नगरपालिकाबाट बूढीगंगा पुगेका छन् ।
यस्तै,झापा विर्तामोड नगरपालिकाबाट मिलन भट्टराईलाई महिला बालबालिका मन्त्रालयमा,युवराज खतिवडालाई गौरादह नगरपालिकाबाट लगानी वोर्डमा पठाइएको छ । पञ्चपुरी नगरपालिकाबाट रचिन्द्र डंगोललाई सार्वजनिक खरिद अनुगमनको कार्यालय, शिवहरि पोखरेललाई जिसस महोत्तरीमा पठाइएको छ भने सम्पत्ति शुद्धीकरण विभागबाट शान्ता कडरियालाई जिसस ओखलढुंगामा सरुवा गरिएको छ ।
मधु खनाल जिसस बारा,प्रम कार्यालयबाट कला कुमारी गैरेलाई भरतपुर महानगरपालिका,भौतिक मन्त्रालयबाट मुनका न्यौपाने जिसस मोरङ,महिला मन्त्रालयबाट जानुका सुवेदी जिसस भोजपुर पुगेका छन् । चन्द्रकला चौलागाई श्रम मन्त्रालयबाट जिसस धनकुटा, भोलानाथ गुरागाई जिसस तेह्रथुममा पठाइएको छ ।