काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायधीशद्धय सपना प्रधान मल्ल र विनोद शर्माको इजलासले बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको हो।
नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्न उनको समेत संलग्नता रहेको भन्दै अदालतमा मुद्दा विचाराधीन छ। गृहसचिव हुँदा उनले रकमसमेत लिएको अभियोग छ।उपराष्ट्रपति कार्यालयको सचिव हुँदा पाण्डेलाई २०८० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीसहितका प्रतिवादीहरू उच्च अदालत गएका थिए।
उच्चले समेत रिहा गर्ने अस्वीकार गरे पछि पाण्डेको पत्नी मञ्जुले गत माघ ११ गते दायर गरेको रिटमा सर्वोच्चले माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो ।


