काठमाडौं । बिल पास गर्न नमानेको भन्दै एक स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीमाथि हातपात र ज्यान मार्ने धम्की दिएका छन् । तनहुँको बन्दिपुर गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष बल वहादुर गुरुङले सचिव नवीन भुसालमाथि हातपात गरेका हुन्
वडा सचिवमाथि कार्यकक्षमै वडा अध्यक्षबाट भएको हातपात भएको घटनाको सो पालिकामा कार्यरत कर्मचारी तथा जिल्लाका कर्मचारी संघ संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् । पछि सो पालिकाका कर्मचारीहरुले भने राष्ट्रसेवक कर्मचारीमाथि सुरक्षाको प्रत्याभूति र दोषी उपर कारवाही नभएसम्म पालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पार्ने बताएका छन् ।


