काठमाडौं । सहसचिव वावुराम अधिकारी सचिवमा बढुवा भएका छन् । उनलाई आइतबार बसेको क्याविनेट बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिको अध्यक्ष तथा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ सहसचित्रय बाबुराम अधिकारी, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो ।
जसमध्ये पहिलो नम्बरमा नाम सिफारिस गरिएका अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।
अधिकारी हाल लुम्बिनी प्रदेश सरकारको कायममुकायम ९कामु० सचिवको जिम्मेवारीमा थिए ।
