काठमाडौं । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १४ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारका अनुसार भ्रष्टाचार मुद्धा चलाइएका कर्मचारीहरुमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढा,इन्जिनियर सरोज दाहाल, सव इन्जिनियर नवीनकुमार बीसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख मदनप्रकाश मल्लसहितका केही वडा अध्यक्षलाई प्रतिवादी बनाएर विशेषमा भ्रष्टाचार मुद्धा चलाएको हो ।
