काठमाडौं । कार्यक्षमता मूल्यांकनको आधारमा थप ६ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।
समितिको सोमबार बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूहका ती अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस भएका कर्मचारीहरुमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहका सुशील कुमार श्रेष्ठ,निशा त्रिपाठी र रविन्द्र तिवारी रहेका छन् ।
यस्तै,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहका मन्दा पन्त र शिला श्रेष्ठ बढुवा सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट उत्सव पोखरेल बढुवाका लागि सिफारिस भएका हुन् ।
