काठमाडौं । नेपाल हिमालय सीमापार बाणिज्य संघका पदाधिकारीले भन्सार विभागका महानिर्देशक महेश भट्टराईलाई बधाई ज्ञापन गरेका छन् ।
केही समयअघि महानिर्देशक बनेका भट्टराईलाई बधाई तथा शुभकामना दिन संघका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) प्रथम उपाध्यक्ष सरेश श्रेष्ठ, उपाध्यक्ष सुजित बस्नेत, उपाध्यक्ष भरत कार्की, महासचिव रामचन्द्र पराजुली, सचिव सुब्बा श्रेष्ठ, कोषाध्यक्ष सिद्धान्त बस्नेत, सह कोषाध्यक्ष सुमन काजी श्रेष्ठ र संस्थाको ब्यवस्थापक प्रमुख हिमाल थापा भन्सार विभाग गएका हुन् । भेटका क्रममा अध्यक्ष कार्कीले तातोपानी र रसुवाको ब्यापारलाई थप सहज र सरल बनाउन आग्रह गरेका थिए ।
उनले यसपालिको बाढिपहिरोले क्षति भएका पूर्वाधार पुननिर्माणमा विशेष भूमिका निर्वाह गर्न समेत आग्रह गरे । महानिर्देशक भट्टराईले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष कार्कीले बताए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघ नेपाल र चीनबीच ब्यापार गर्नेहरु आवद्ध संस्था हो । वि. सं २०५५ सालमा स्थापना भएको यस संस्थाले चीनसँगको आयात निर्यातमा देखा परेका समस्याहरुबारे सम्बन्धित निकायसँग निरन्तर पहलकदमी गर्दै आइरहेको छ ।


