काठमाडौं । स्यानफ्रान्सिस्को बे एरियाका प्रसिद्ध युवा व्यवसायी अनिलवावु अर्याल एवं नेपाल विद्यार्थी संघ पूर्वान्चल विश्वविद्यालयका पूर्व सभापति सुनिलवावु अर्याललाई पितृशोक परेको छ ।
व्यवसायी अर्यालको पिता स्व: लक्ष्मणवावु अर्यालको ६४ बर्षको उमेरमा गत बुधवार निधन भएको हो ।
नेपाल प्रहरीको सेवावाट निवृत्त अर्याललाई स्वास्थ्य परीक्षणको क्रममा २ महिना अघि प्यानक्रियाटिक क्यान्सर देखिएको थियो । उनको नेपालको ओम, बि एण्ड बि लगायतका अस्पतालमा उपचार गरिएको थियो । नेपाल प्रहरी सेवाट निवृत्त भएपछि स्व: अर्याल सामाजिक कार्यमा सकृय थिए