काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघदेखि स्थानीय तहसम्मका सबै निकायलाई कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले कर्मचारीलाई ५ दिनभित्र रमाना दिन, रमाना अवधि गुज्रिएकाको किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अरु बिदा स्वीकृत नगराउन, तलब हाकिम र लेखापालबाट भराउन र कार्यान्वयन नगरे कार्यालय प्रमुखलाई कारवाही गर्न निर्देशन जारी गरेको हो ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका कर्मचारीलाई पनि रमाना नदिएकोरनलिएको भन्दै यसबाट सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको मन्त्रालयले जनाएको छ ।