काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादीहरुले यस क्षेत्रमा पनि प्रदर्शन गर्ने चर्चा चलेपछि प्रशासनले उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार एक आदेश जारी गर्दै पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका हुन्। दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।
प्रमुख_जिल्ला_अधिकारीबाट_जारी_आदेश_20250316_0001


