काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट पक्राउ परेका चौधरी बुधबार साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।
चौधरी बुधबार दिउँसो प्रज्ञाभवनबाट पक्राउ परेका थिए । ५ घण्टापछि उनलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो।