काठमाडौं । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलैया उपमहानगरपालिका बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल ,शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्माका सञ्चालक विमलेश शाहविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधिविपरीत काम गरी ५१ लाख ९९ हजार १२० रूपैयाँ बढी भुक्तानी दिएको आरोपपत्रमा उल्लेख छ ।


