काठमाडौं । लोक सेवा आयोगले लिएको परिक्षाबाट १८ जना सहसचिवमा सिफारिस भएका छन् ।
खुला प्रतिस्पर्धाबाट ११ जना सहसचिवमा सिफारिस हुदाँ कतिपय शाखा अधिकृतबाटै सहसचिवमा सिफारिस भएका छन् भने आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस हुनेमा भने सबै उपसचिवबाट भएका छन् ।
खुला र आन्तरिक गरेर १८ जना सिफारिस हुदाँ सबैभन्दा बढी प्राविधिक सेवातर्फ ९ जना र दोस्रोमा प्रशासन सेवातर्फ ५ जना सिफारिस भएका हुन् । यस्तै न्याय सेवातर्फ ३ जना र परराष्ट्र सेवातर्फ १ जना सिफारिस भएका छन् । न्याय सेवा अन्तरगत सरकारी वकील समूहतर्फ २ जना र न्याय समूहतर्फ एक जना सिफारिस भएका हुन् ।
खुलातर्फ प्रशासन सेवामा सिफारिस हुनेमा पहिलो नम्बरमा मुकेश डंगोल, दोस्रो नम्बरमा एकदेब अधिकारी र तेस्रो नम्बरमा सफल पोर्तेल सिफारिस भएका छन् भने महिलातर्फ नीता शर्मा र दलिततर्फ लक्ष्मीकुमार बिक सिफारिस भएका छन् ।
यस्तै खुलाको न्याय सेवाको सरकारी वकिलतर्फ पहिलो नम्बरमा विवेककुमार बराल र दोस्रो नम्बरमा श्रीधर अर्याल सिफारिस भएका छन् भने खुलाकै न्याय सेवाको न्याय समूहतर्फ अमित उप्रेती सिफारिस भएका छन् ।
खुलाको नेपाल परराष्ट्र सेवातर्फको दलितमा दिपक विक सिफारिस भएका छन् भने खुलाकै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ सौजन्य नेपाल सिफारिस भएका छन् ।
आन्तरिक प्रतिस्पर्धामा सहसचिव सिफारिस हुनेमा एक जना खुला बाहेक बाँकी सबै प्राविधिक सेवातर्फकै रहेका छन् । जसमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, वि एण्ड आ उपसमूहतर्फ सुरेशकुमार वाग्ले र लिला खतिवडा, जनरल उपसमूहतर्फ शंकर बुढाथोकी र राम पराजुली, इरिगेशन उपसमूहतर्फ सुरेन्द्र पौडेल, हाइवे उपसमूहतर्फ बुद्धरत्न तुलाधर, स्यानिटरी उपसमूहतर्फ हरिप्रसाद शर्मा र हाइड्रोपावर उपसमूहतर्फ सुरेन्द्र घिमिरे सिफारिस भएका छन् ।