काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेल क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन् ।
उनले शनिबार काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सीमित नरहेको बताउँदै सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको र आर्थिक समृद्धिका लागि पनि खेल क्षेत्रको भूमिका र महत्त्व बढ्दै गएको बताए।
राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीको भविष्यप्रति गम्भीर र सजग हुनुपर्ने बताए। उनले खेल क्षेत्रमा केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको बताए। राष्ट्रिय र अन्ताराष्ट्रियस्तरमा पदकहरूको वर्षा भएको जिकिर गरे।