काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।
बहसपछि अदालतबाट तीन लाख धरौटीमा छाड्न आदेश भएको हो ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।