काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमा भएको चलखेल सुनियोजित षड्यन्त्र भएको आरोप लगाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले नैतिकताको आधारमा संसद्को नेतृत्वले (सभामुख देवराज घिमिरे) यसको जिम्मेवारी लिनुपर्ने धारणा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमतिअनुसार कुलिङ पिरियडसम्बन्धी प्रावधान सदनमा प्रस्तुत नहुँदा गम्भीर प्रश्न उठेको बताए। उनले यो विषय केवल कानुनी वा प्रक्रियागत नभई गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न भएको उल्लेख गरे।