काठमाडौं । ।नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज दिउँसो १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक राख्न लागिएको जानकारी दिए ।
उक्त बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । संसद्लाई उपेक्षा गर्दै अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको ठहर गर्दै विपक्षी दलहरूले यसको विरोध गर्ने तयारी गरेका छन् ।


