काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध कारोबारीविरुद्ध मुद्दा दायर गरेको छ । शुक्रबार विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी तथा करछलीका विरुद्धमा अर्को ठूलो कारबाही गरेको छ ।
राजस्व कार्यालयले गरेको अनुसन्धानका आधारमा स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराका नाममा गलत विवरण पेस गरी करोडौँ रुपैयाँ बराबरको कर छली गरेको भन्दै अनुसन्धान कार्यालय बुटवलले कारबाही अगाडि बढाएको छ ।
अनुसन्धानका क्रममा कुल रु नौ करोड ९९ लाख ८९ हजार ८४१ बराबरको कारोबारमा कर छल्न खोजिएको देखिएको अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


