काठमाडौं । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागायत बाँकी पहाडी भूभागमा साधारणतया बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।


