काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से २१.३० अंकले बढेको छ ।
आज कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३१७ वटा स्क्रिप्टको कारोबार हुँदा १ करोड ८ लाख कित्ता सेयर खरिद बिक्री भई सो बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । कुल १७९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।


