काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन्। भेटमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए।


