काठमाडौ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।
संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई विशुद्ध राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएको छ ।
युवा संघले आफ्नो विज्ञप्तिमा सरकारले २०८२ सालको जाँचबुझ आयोगको कुनै आधार वा प्रमाणबिनै प्रारम्भिक चरणमा नै ओलीमाथि शंका गरेर राहदानी रोक्ने निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो । छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।