काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई चुनाव गराउने अधिकारै नभएको जिकिर गरेका छन् अध्यक्ष ओलीले आज काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यस्तो दावी गरेका हुन् ।
साथै, उनले सुशीला कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।
‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् रु यही हो लोकतन्त्र रु,’ ओलीले भनेका छन् ।


