काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमै हुने जिकिर गरेका छन् ।
उनले आज जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको सरकार चुनाव गराउन प्रतिबद्ध रहेको प्रष्ट पारे ।
मन्त्री घिसिङले सरकार सम्पूर्ण शक्ति लगाएर चुनावको तयारीमा लागेकाले चुनाव हुनेमा ढुक्क रहन र यस कार्यमा आवश्यक सहयोग गर्न आग्रहसमेत गरे । उनले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्दै सामान्य विवादले चुनाव हुँदैन कि भनेर नसोच्न सबैलाई अपिल गरे ।


