काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा सरकारकै संरक्षणमा जेनजीले उपद्रो मच्चाएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दृश्यमा नदेखिए पनि सिमरा घटनामा परोक्ष ढंगले सरकारको सहभागिता रहेको आरोप लगाएका हुन् ।
ओलीले २८ वर्षभन्दा कम उमेर भन्दैमा जेनजीको नाम लिएर उपद्रो मच्चाउने काम गर्न नपाइने बताए ।


