काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।
बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राखिएको छ ।
आजको बैठकले नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षलगायत केही नियुक्ति गर्ने सम्भावना छ । धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री तथा सेबोनकै पूर्व कार्यकारी निर्देशक विनयदेव आचार्यमध्ये एक जना नियुक्ती हुनेछन्।


