काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।
बरामद गाडी नम्बर प्लेट बिनाका हुन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने बताइएको छ । बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशङ्का गरिएको छ ।


