काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
सोमबार विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो।


