काठमाडौं । कैदीलाई उपचारका लागि अस्पताल लैजाने बहानमा होटल लाने दुईजना प्रहरी बर्खास्त भएका छन् ।
उनीहरले जेठ १ गते सुन्धारा कारागारमा ठगी अभियोगमा थुनामा रहेका अनुप भण्डारीलाई सामाखुशीस्थित बिनायक अस्पताल लैजाने भनेर कारगारबाट निकाले पनि उनलाई सामाखुशीकै दीप सागर गेस्ट हाउसमा लगेर ३ घण्टा मस्ती बिताउन दिएको खुलेपछि कारबाही गरिएको हो ।
भण्डारीलाई कारागारको सुरक्षामा रहेको नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नादेवलले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई पठाइएको खुलेको छ ।


