काठमाडौँ । अर्थ मन्त्रालयले उत्तरी भन्सार नाकाहरु रसुवा र तातोपानीका प्रमुखहरुको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार उपसचिव राजेन्द्र ढुंगानालाई रसुवा भन्सार कार्यालय पठाइएको छ । उनी अर्थ मन्त्रालयमै कार्यरत थिए । यसैगरी तातोपानी भन्सारको कमाण्ड दिपेन्द्र प्रकाश गिरीले पाएका छन् । गिरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा कार्यरत थिए ।
रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईलाई भन्सार विभाग तानिएको छ भने तातोपानीका राजेन्द्र प्रसाद चुडाललाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरुवा गरिएको छ ।


