काठमाडौं । कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि हुने भएको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।


