काठमाडौँ । भोलि नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ ।
बैठकमा मुख्यगरी पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको उल्लेख गरेका छन् ।


