काठमाडौँ । चितवनमा जारी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकमा लोकतान्त्रिक प्रणालीप्रति विश्वास बढाएको र आशा जगाएको निष्कर्ष राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
लामिछानेले प्रतिवेदनमा रास्वपा नेतृत्वको सरकारले सुशासन, पारदर्शिता र विकास केन्द्रित राज्य संरचनाको दिशामा ठोस सुधारहरू सुरु गरेको दाबी गरेका छन् । वर्तमान सरकारले लिएका नीतिगत र प्रशासनिक पहलकदमीहरूले नागरिकमा लोकतान्त्रिक प्रणालीप्रति विश्वास बढाएको प्रतिवेदनमा उल्लेख छ ।


