काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टीले सपना देखाउन मात्र नभएर परिणाम दिन पनि जानेको बताएका छन् ।
उनले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी नभएको बताउँदै नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र आक्रोश अनि अर्कोतर्फ सकारात्मक परिवर्तनको तीब्र आकांक्षा, यसैको राजनीतिक अभिव्यक्ति रास्वपा भएको बताए ।
‘जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो, र त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो राष्ट्रिय स्वतन्त्र पार्टी’ उनले भने।


