काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही भनेर टिप्पणी गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत कुनै पनि व्यक्तिमाथि कारबाही अघि निष्पक्ष अनुसन्धान, तथ्य तथा प्रमाण संकलन र कानुनी प्रक्रिया पूरा हुनुपर्ने लोकतान्त्रिक मान्यताको विपरीत पौडेललाई नियन्त्रणमा लिइएको बताए ।
पोखरेलका अनुसार पौडेल पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियोजित ढंगले पक्राउ गरिएको हो । उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी आररोपमा पक्राउ गरिएको हो ।


