काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
स्मार्ट टेलिकमको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई वैशाख २९ गते पक्राउ गरे लगत्तै पाण्डे पत्नी निरु दाहालले पाण्डेलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अब्द्युल अजिज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
रिटमा पाण्डेलाई तत्काल रिहा गर्नका लागि अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्च बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।


