काठमाडौं । नयाँ राजनीतिक घटनाक्रमपछि नेगेतिभ सर्किट लागेर घटेको सेयर बजार आज उच्च अंकले बढेको छ आज सेयरबजार परिसूचक नेप्से ११६।०१ अंकले बढेको हो ।
जेनजी प्रदर्शनपछिको पहिलो दिन सेयरबजार १६० अंकले घटेर लगातार ऋणात्मक सर्किट लागेको थियो।
तर आइतबार भने बजार बौरिएको हो। ४।६१ प्रतिशतले बढेसँगै कारोबार रकम समेत ९ अर्ब १७ करोड पुगेको छ। २ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको छ।
यस दिन २२४ वटा सेयरको मूल्य बढेको छ भने २८ वटाको घटेको छ। सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, गुडविल फाइनान्ससहित ९ वटाको सेयरमा पोजिटिभ सर्किट लागेको छ।


