काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अननुसार सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ भने माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ।
यसैगरी देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।


