काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् । ११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि धेरै प्रकारका सरकारी संरचनाले गर्दा उद्योगी व्यवसायीले झञ्झट व्यहोर्नुपरेको बताए ।
“हामीकहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरू धेरै भए । व्यावसायिक वातावरण सहज र सरल गर्नुैपर्नेमा जटिलता र झञ्झट थपिँदै गएको छ । यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरू कम गर्दै जानुपर्दछ,” अध्यक्ष ढकालले भने ।


