काठमाडौं । तोकिएको काम समयमै पूरा नगर्ने १४ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।
काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो
स्पष्टीकरण सोधिएका कम्पनीहरुमा लबकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं, न्यू कामना र युनिभर्सल जेभी नुवाकोट चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् ।
यसका साथै आर्कटिक कन्स्ट्रक्सन कपिलवस्तु, पम्फा निर्माण सेवा बारा, एमरएस च्याङ्ग्रासी निर्माण सेवा काठमाडौं, एमरएस पूजा कन्स्ट्रक्सन धादिङ, एमरएस डी।पी। कँडेल निर्माण सेवा काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरण सोधिएका अन्य कम्पनीहरुमा पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि काठमाडौं, एमरएस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि चितवन, पी।एन।डी। शेर्पा कन्स्ट्रक्सन काठमाडौं र क्वालिटी सोलुसन कम्पनी प्रालि ललितपुर छन्


