काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ०.९३ अंकले घटेको हो ।
आज चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
आज ११२ कम्पनीको सेयरमूल्य बढेको छ । १३८ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ । धवलागिरि लघुवित्त वित्तीय संस्था, साहस ऊर्जाको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।


