काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा ५५ सय बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ६७ हजार दुईसयमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै महँगो हो।
सोमबार पनि सुन तोलामा तीन हजार चारसय रुपैयाँ बढेर दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको थियो।


