काठमाडौं । आज देशका केही स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ।
साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


