काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज प्रतितोला सुनको मूल्य २१ सय रुपियाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।


