काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आजबट निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दैछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। त्यसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन्।
समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ गर्न लागेको हो। नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ। सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ।


